चालकसँग अवैध रकम असुल्ने ५ प्रहरी अख्तियारको फन्दामा

Prabhu Bank

काठमाडौं। काभ्रेमा टिपर चालकहरुसँग अवैध रुपमा रकम असुल्ने ५ प्रहरी अख्तियार दुरुपयोग अनुसन्धानको फन्दामा परेका छन्।

Saftey Pads

मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धरलाई २/२ हजार घुस टिपर चालकसँग लिँदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञान बहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्ग केराघारीबाट पक्राउ गरेको हो।

प्रहरीले टिपर चालकसँग मासिक २ हजार असुल्ने क्रममा टिपर व्यवसायीले चारवटा चेकपोष्टमा रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा टोलीले छापा मारेको थियो।

Maruti Cement