१६ वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै आन्दोलन

Prabhu Bank

काठमाडौं। छोरीको उमेर १६ वर्ष पुगे लगत्तै विवाह गर्न पाउनुपर्ने भन्दै बाँकेमा प्रदर्शन गरिएको छ।

Saftey Pads

१६ वर्षकै उमेरमा विवाह गर्न पाउनुपर्ने भन्दै बाँकेका मधेशी र मुस्लिम महिलाहरु आन्दोलित भएका हुन्। उनीहरूले युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्ने गराउने कानुनी प्रावधान मधेशी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका थिए।

छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झन्डै तीन सय महिला नेपालगञ्ज आएका आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताए।

उनले २० वर्षपछि मात्रै विवाह गर्न पाउने प्रावधान मधेशी र मुस्लिम समुदायका एकदुई परिवारको मात्र नभई सिङ्गो समुदायको समस्या भएको बताए।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप

बाँकेका विभिन्न गाउँबाट आएका मधेशी र मुस्लिम महिलाले १६ वर्षको उमेरमा विवाह गर्न नपाउने गरी बनेको कानुनले ठूलो समस्या निम्त्याएको बताएका छन् ।

 

Maruti Cement