पहिरोले घर भत्काउँदा आमा छोरीको मृत्यु

Prabhu Bank

काठमाडौं। लगातारको वर्षापछि आएको बाढीले बाजुराको गौमुल गाउँपालिकामा घर भत्काउँदा आमा छोरीको मृत्यु भएको छ।

Saftey Pads

बिहीबार राति खसेको पहिरोमा परी ३० वर्षीया आमा निरूता चदाँरा र छ वर्षीया छोरी किस्मिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तीनतले घरबाट पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ, भने घरका अन्य पाँच सदस्यहरू घाइते भएका छन्।

च्यापिएका घाइतेलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ । घाइतेको घटमुनामा रहेको सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

थप उपचारका लागि उनीहरूलाई जिल्ला अस्पताल मार्तडीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  देशभर लगातार तीन दिन वर्षा हुने
Maruti Cement