गुँला पर्व सुरु

Prabhu Bank

काठमाडौं। एक महिनासम्म चल्ने गुँला पर्व शुक्रबार (आज) बाट सुरु भएको छ।

Saftey Pads

नेपाल सम्वत्को नवौँ महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो। साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म मनाइने गरिन्छ।

गुँलाको अवसरमा उपत्यकामा रहेका बौद्ध चैत्य, विहारको पराक्रममा गर्ने गरिन्छ। यस क्रममा धाः बाजा बजाउँदै चैत्य परिक्रमा गर्ने गरिन्छ । गुँला बाजामा बाँसुरी, खिं मुख्य रूपमा समावेश हुन्छ ।

बौद्ध धर्मावलम्बीको विशेष पर्व रहेको यस अवसरमा माछामासु खाई मनाउने गरिन्छ। वर्षभर दिवङ्गत आफन्तको सुखावती भुवनमा बास होस भने कामना गर्दै एक महिना नजिकको विहार र चैत्य पराक्रममा गर्ने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने गर्छ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर
Maruti Cement