जनकपुरमा जन्मियो दुई टाउको भएको शिशु, एक घण्टामै मृत्यु

Prabhu Bank

जनकपुरधाम । जनकपुरधामा दुई टाउको भएको असामान्य शिशुको जन्म भएको छ।

Saftey Pads

सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार वैद्यकी २५ वर्षीय श्रीमती सविता वैद्यले एक अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो शिशुलाई जन्म दिएकी हुन्।

डा. रुवी सिंहको टोलीले शल्यक्रिया गरी बच्चालाई पेटबाट निकालेको थियो।

जन्मेको एक घण्टापछि नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका प्रमुख रामबाबु यादवले बताए।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा हुड्क्यौली परम्परा लोप हुँदै
Maruti Cement