साउदी अरेबियामा महिलालाई स्वतन्त्र रुपमा विदेश भ्रमणको छुट

Prabhu Bank

काठमाण्डौ । साउदी अरेबियाले महिलाप्रति अर्को उदार नीति ल्याएको छ। कट्टर मुस्लिम देश साउदीले महिलालाई विदेश घुम्दा अभिभावकविना घुम्न पाउने नीति बनाएको हो।

Saftey Pads

१७ साउनमा साउदीले नयाँ कानुन सार्वजनिक गर्दै महिलाप्रति उदार नीति सार्वजनिक गरेको हो। अब २१ वर्ष पुगेका साउदी महिलाले पुरुष अभिभावक विना नै विदेश जान निवेदन दिन सक्नेछन्। उनीहरुलाई विदेश जान अभिभावकको अनुमति चाहिने छैन र स्वतन्त्र रुपमा घुम्न जान सक्नेछन्।

यसअघि साउदी महिलाले पासपोर्ट पाउन वा विदेश जान पुरुष अभिभावकको अनुमति लिनुपथ्र्यो । उनीहरु बाबु वा पतिको संरक्षणमा रहेर पासपोर्ट पाउँथे वा विदेश जान्थे। महिलालाई बचको जन्म दर्ता, विवाह र पारपाचुकेका लागि निवेदन दिनसक्ने अधिकार पनि दिएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा आएपछि एकपछि अर्को उदार नीति ल्याइरहेका छन्। उनले महिलालाई घरबाहिरको कामकाजमा समेत सक्रिय बनाउने नीति ल्याएका छन्। एजेन्सी

Maruti Cement