कैलालीमा पार्किङ गरी राखेको जिपमा आगजनी

Prabhu Bank

धनगढी । कैलालीमा अज्ञात समूहले जिपमा आगजनी गरेका छन्।

Saftey Pads

गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलकबहादुर शाहीको जिपमा अज्ञात समूहले आगजनी गरेका हुन्।

घरअगाडि पार्किङ गरी राखेको बा१५च ४०९९ नम्बरको कारमा गए राति आगजनी भएको हो।

गए राति करिब ११ बजेपछि जिपमा आगजनी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। आगजनीबाट जिपको पछाडिको पूरै भाग जलेर क्षति भएको छ।

कसले र किन जिपमा आगजनी गरेको हो भन्ने बारेमा खोजी तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।  उनले घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको बताए।

अन्य सम्बन्धित समाचार:  बझाङमा बलत्कारपछि बालिकाको हत्या
Maruti Cement