हङकङमा विरोध प्रदर्शन जारी, ८ जना पक्राउ

Prabhu Bank

काठमाडौं । हङकङ प्रहरीले शुक्रवार आठजना विरोधकर्तालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना स्वतन्त्रता पक्षधर नेता हुन्।

Saftey Pads

सरकारविरोधी प्रदर्शन जारी रहँदा प्रहरीले हतियार र बम बनाउने सामग्री जफत गरेपछि आरोपितहरूलाई पक्राउ गरेको छ। सप्ताहान्तमा हुने विरोध प्रदर्शनमा स्वास्थ्यकर्मीहरू सहभागी हुने भएका छन्। हालैका साताहरूमा लाखौं मानिसले हङकङका सडकमा प्रदर्शन गरेका छन्।

सन् १९९७ मा बेलायती अधीनस्थ शहर चीनलाई सुम्पिइएको थियो। त्यसयताको यो सबभन्दा ठूलो विरोध प्रदर्शन हो।
स्वतन्त्रता पक्षधर हङकङ नेसनल पार्टीका संस्थापक एन्डी चान पनि पक्राउ पर्नेमध्ये एक हुन्। उनी पक्राउ परेपछि लगभग सयजना विरोधकर्ताले एउटा प्रहरी चौकी घेरेर उनको मुक्तिको माग राखेका छन्।

अन्य सम्बन्धित समाचार:  यमनमा सरकार र विद्रोहीबीच कैदी मुक्त गर्ने सहमति

प्रहरीले एक वक्तव्य जारी गरेर सातजना पुरुष र एक महिलालाई पक्राउ गरेको जानकारी दियो । शा टिनमा रहेको एक भवनमा छापा मारेर प्रहरीले हतियार तथा पेट्रोल बम भनिएका वस्तु बरामद गरेको थियो।

सबै आठजनालाई अनुसन्धान चलिहरँदासम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। अवैध रूपमा हतियार बनाउने वा बोक्ने मुद्दामा १४ वर्षसम्मको कैद सजाय हुन सक्छ। एजेन्सी

Maruti Cement