देशमा बसेर काम गर्न मन नपराउने प्रवृत्ति बढ्योः नेता नेपाल

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले देशमा बसेर काम गर्न मन नपराउने प्रवृत्ति बढेको बताएका छन्।

Saftey Pads

समता फाउण्डेसनले राजधानीमा गरेको अन्तरक्रियामा नेता नेपालले विदेशमा दुख गर्न तयार हुने तर स्वदेशमा काम नगर्ने प्रवृत्ति नै देशको मुख्य समस्या भएको बताएका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। रोजगारीको संभावना स्वदेशमै भएपनि लहडमा विदेश दौडिने समस्या हल गर्न सवै लाग्नुपर्ने नेता नेपालले बताए।

वैदेशिक रोजगारीमा जान चाहने जमातमै मानव तस्करी र विचौलियाले खेल्ने अवसर पाएको नेता नेपालले बताए।

अन्य सम्बन्धित समाचार:  निगम भन्छः नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्
Maruti Cement