फिफा महिला विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउने

Prabhu Bank

काठमाण्डौ । फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन्। पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने पाउने भएका हुन्।

Saftey Pads

सन् १९९१ को पहिलो संस्करणमा १२ ओटा राष्ट्रको सहभागिता रहेको थियो। अन्तर्रा्ष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने प्रस्ताव स्वीकार गरेको हो।

अब सन् २०२३ को विश्वकपमा ३२ राष्ट्रले महिला विश्वकपमा सहभागिता जनाउने छन्। पुरुष फुटबल विश्वकपमा भने सन् १९९८ बाट ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन्।

आउँदो महिला विश्वकप आयोजनाका लागि ९ देशले आयोजनाको प्रस्ताव राखेको बताइएको छ। प्रस्ताव राख्नेहरुमा अर्जे्न्टिना, अष्ट्रेलिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, जापान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेका छन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा आज रोयल च्यालेञ्जर्स बेंग्लोर र किङ्ग्स ११ पञ्जाब भिड्दै

यस पटक फ्रान्समा आयोजना भएको महिला विश्वकप प्रतियोगितामा अमेरिका विजेता बनेको थियो।

Maruti Cement