काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योेजना बनाईरहेको बताएका छन्।
प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताएका हुन्।
केही समय भित्रै बाढीले क्षती पु याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले साँसदहरुलाई बताएका छन् ।