नयाँ कानुन ल्याउनुपर्‍यो: अर्थमन्त्री

Prabhu Bank

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संरचनामा ७६१ वटै स्थानीय तहलाई वित्तीय रुपमा उत्तरदायी र जिम्मेवार बनाउन सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधयेक ल्याएको बताएका छन्।

Saftey Pads

विधयेकमाथि दफावार छलफल थाल्नुअघि संसद्को अर्थ समिति बैठकमा अर्थमन्त्री खतिवडाले सबै तहको खर्चलाई पारदर्शी र उपलब्धिमूलक बनाउन यो कानुन ल्याउनु परेको बताए।

अर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक स्थायित्व कायम राख्न तथा मध्यकालीन खर्च संरचनाको स्थायित्व तथा आयोजना बैंकको प्रभावकारी कार्यान्वन गर्न पनि यो कानुन आवश्यक रहेको बताए।

बजेटको सीमा र स्रोत आकलन व्यवस्थित गर्न यो कानुन आवश्यक रहेको पनि उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु
Maruti Cement