साउन ३१ देखि ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ प्रसारण

Prabhu Bank

काठमाण्डौ । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ।

Saftey Pads

टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने भएको हो। नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन्। सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ।

कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलका अनुसार अघिल्लो बर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ ।

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।

Maruti Cement