नख्खु कारागारमा झडप, एक जनाको मृत्यु

Prabhu Bank

काठमाडौं । नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

Saftey Pads

शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो।

ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन्। आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ।

यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ। आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

अन्य सम्बन्धित समाचार:  २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
Maruti Cement