कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौमा हुने

Prabhu Bank

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको मिति सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको मिति तोकेको हो।

Saftey Pads

परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ।

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन (२२ गते) सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ भने दोस्रो दिन (२३ गते) ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ।

अन्य सम्बन्धित समाचार:  Don’t Quit

परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ।

तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ।

Maruti Cement