बसको छतमा भेटियो एक युवाको शव

Prabhu Bank

बुटवल । बुटवलको नयाँ बसपार्क स्थित बसको छतमा एक युवाको शव फेला परेको छ।

Saftey Pads

लु१६१३७ नंम्बरको बसको छतमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएको हो।

पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र्पुयाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ। घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement