पानी ट्यांकीमा बालकको शव फेला

Prabhu Bank

काठमाण्डौ । काभ्रेको बनेपामा पानी ट्यांकीमा बालको शव भेटिएको छ। बनेपा नगरपालिका ६ बुडोलमा १६ महिनाको बालकको शव पानी ट्याक्कीमा भेटिएको हो।

Saftey Pads

चितवनको राप्ती नगरपालिका स्थायी घर भएर बनेपा ६ बुडोलमा डेरा गरी बस्ने धुव्र खरेलेको १६ महिनाको छोरो अभिनव खरेल मृत अवस्थामा पानी ट्याक्कीमा फेला परेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहानै अभिभावकहरु धारामा पानी लिन गएको समयमा १६ महिनाका अभिनव एकाएक हराएका थिए। छोरा हराएको लामो समयसम्म नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले संम्भावित ठाँउहरुमा खोज्ने क्रममा पानी राख्ने रिर्जभ ट्याक्कीमा हेर्दा बालक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए। प्रहरीले के कारणले घटना भयो त्यसको थप अनुशन्धान गरिरहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Maruti Cement