‘मारुनी’को पोस्टर सार्वजनिक

Prabhu Bank

काठमाडौं । फिल्म ‘मारुनी’ को दुई वटा अफिसियल पास्टर सार्वजनिक भएको छ।

Saftey Pads

सार्वजनिक पोस्टरमा अभिनेत्री राम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र अभिनेत्री रेविका गुरुङले स्थान पाएका छन्।

फिल्म निर्देशक नवल नेपालले खोलेका छन्। पुनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’ बाट अभिनेत्री रेविका गुरुङले डेब्यु गरेकी हुन्। पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई सञ्जय लामाले छायाङ्कन गरेका छन्। सम्पादनको कार्य मित्र डी गुरुङले गरेको फिल्म भदौ १३ गते प्रदर्शनमा आउँदैछ।

फिल्ममा राम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङसंगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शङ्कर सेढाई, विनोद भट्टराई र सुशील क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ।

Maruti Cement