टिपरसँग घुस लिने पाँच ट्राफिक प्रहरी काभ्रेबाट पक्राउ

Prabhu Bank

काठमाडौं । टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ।

Saftey Pads

मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरसँग घुसबापत २ २ हजार रुपैयाँ लिएको अवस्थामा काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी पक्राउ परेका हुन्।

हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर पक्राउ परेका अख्तियारले जनाएको छ।

बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहना बनाई उनीहरुले घुस लिने गरेको सूचनाको आधारमा पुगेको अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोँलीले उनीहरुलाई पक्राउ गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement