भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने

Prabhu Bank

काठमाण्डौ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन्।

Saftey Pads

प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक सरकारको नेतृत्व गरेपछि विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेको जयशंकर मन्त्री बनेपछि पहिलो पटक नेपाल आउन लागेका हुन्। नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा उनी सहभागी हुने छन्।

परराष्ट्र मन्त्रालय स्रोतले मन्त्री जयशंकर नेपाल आउने कुराको पुष्टि गरेको छ। दुई दिनसम्म चल्ने उक्त बैठक भदौ ४ र ५ भनिए पनि मितिको टुंगो नलागेको पराराष्ट्र स्रोतले जनाएको छ।

मन्त्रिस्तरीय उक्त संयन्त्रले नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्न छ। यसपटक तराईको डुबान र भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने मन्त्रालय स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन
Maruti Cement