पारा टोलीको जापानमा प्रशिक्षण हुने

Prabhu Bank

काठमाडौं । अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ।

Saftey Pads

जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो। मिकिसिटीका मेयर काजुहिकु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको हो।

नेपालबाट तीन ग्यरोगी र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन्। प्रशिक्षणका लागि जापान जाने खेलाडीहरुमा पलेसा गोबर्द्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन्।

यस्तै प्रशिक्षकमा कविराज नेगी लामा, व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन्। नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्नेछ।

नेपाली टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघले विदाइ गरेको छ। आइतबार जापान जाने नेपाली टोलीले अगष्ट ५ देखि ११ तारिखसम्म प्रशिक्षण गर्नेछ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा हैदरावाद विजयी
Maruti Cement