प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणको लागि सिङ्गापुर जाँदै

Prabhu Bank

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि सिङ्गापुर जाँदै छन्।

Saftey Pads

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली शनिबार सिङ्गापुर जाने भएका हुन्।

सिल्क एयरको उडानबाट राति पौने १० बजे सिङ्गापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली स्वास्थ्य जाँचको सिलसिलामा एक साता सिङ्गापुरमा रहने छन्।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन्।

विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्री ओलीले केही दिनअगाडि निजी चिकित्सक दिव्यसिंह शाहसहित अन्य चिकित्सकहरूसँग परामर्श गरेको थिए।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement