१० घर पहिरोमा पुरिए, दुई बेपत्ता

Prabhu Bank

काठमाडौं। दोलखाको गौरीशङ्कर गाउँपालिकामा १० घर पहिरोमा पुरिँदा दुई जना बेपत्ता भएका छन्।

Saftey Pads

गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ झगडे जुगुमा शुक्रबार राति पहरो खसेर १० घर पुरिएका हुन्।

पहिरोमा १० घर पुरिएका छन् भने अन्य ११ वटा घर बस्न नमिल्ने गरी क्षति भएको बताइएको छ।

बेपत्ता हुनेमा स्थानीय जगतबहादुर खत्री र निशान खड्का रहेको प्रहरीले जनाएको छ।

घटनाको थप अध्ययन, राहत र उद्धारका लागि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल नेतृत्वको टोली घटनास्थलतर्फ जाँदैछ।

 

Maruti Cement