कांग्रेसमा अन्तरकालीन व्यवस्था सम्बन्धी निर्देशिका बनाउने सहमति

Prabhu Bank

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले अन्तरकालीन व्यवस्थाका लागि निर्देशिका बनाउने भएको छ।

Saftey Pads

पार्टी मूख्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सो सम्बन्धी प्रस्ताव दुवै पक्षको सहमतिमा पेश भएको हो।

तेह्रौँ महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिले छानबिन गरेको क्रियाशील सदस्यतालाई नै अद्यावधिक गर्दै मङ्सिरभित्र पेश गर्न पदाधिकारीलाई जिम्मेवारी दिइने भएको छ।

त्यसपछि मङ्सिरभित्रै बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति निर्धारण गर्ने सहमति पनि भएको छ। यस विषयमा विवाद हुँदा लामो समयदेखि काँग्रेस केन्द्रीय समिति बैठक अनिर्णीत बन्दै आएको थियो।

नयाँ प्रस्तावमाथि बैठकमा छलफल भइरहेको छ। अन्तरकालीन व्यवस्थाको विषयमा सभापति शेरबहादुर देउवा पक्षधर विधानको व्यवस्था अनुसार सहमतीय प्रणालीबाट नेतृत्व चयन हुनुपर्ने अडानमा थियो भने रामचन्द्र पौडेल पक्ष निर्वाचनबाटै अन्तरकालीन नेतृत्व चयन गर्ने पक्षमा थियो।

अन्य सम्बन्धित समाचार:  वामदेव गौतमविरुको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍याे

यस्तै कांग्रेस नियमावली मस्यौदा समितिले मस्यौदामा रहेका विवादित विषय टुङ्ग्याउन पदाधिकारीलाई जिम्मा दिएको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई नियमावली अनुसार कारबाही गर्ने पक्षमा सभापति देउवा पक्ष रहेको छ भने अभिव्यक्ति दिँदा वा लेख रचना सार्वजनिक गरेकै आधारमा कारबाही गर्न नमिल्ने पक्षमा पौडेल पक्ष छ ।

Maruti Cement