वडा कार्यालयमा शक्तिशाली सिलिन्डर बम विस्फोट

Prabhu Bank

काठमाडौं। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानीको वडा कार्यालयमा गएराति शक्तिशाली सिलिन्डर बम विस्फोट भएको छ।

Saftey Pads

राति करिब २ बजे सिलिन्डर बम विस्फोट हुँदा कार्यालयभित्र रहेको कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

वडाध्यक्ष पुष्कर कुमार कार्कीका अुनसार बम विस्फोट भएर कार्यालयमा ठूलो क्षति पुगेको छ। जिल्ला प्राविधिक कार्यालयले करिब ८ वर्षअघि सभाहल सहित ४ कोठे पक्की भवन निर्माण गरेको थियो।

सोही भवनमा नै हाल वडा कार्यालय रहेको थियो।

घटनासम्बन्धी थप विवरण आउन बाँकी…

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु
Maruti Cement