ओली सरकारले काम नै गरेन भन्नेले यी २० काम पढ्ने कि?

Prabhu Bank

– टेकराज पौडेल

Saftey Pads

दिवङ्गत पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले पानीको अभावमा काकाकुल काठमाण्डौलाई एक कार्यक्रमको बिच काठमाण्डौमा बस्तीको बिकास संगै राजधानी सार्नुपर्ने तर्क उठिरहँदा प्याट्ट बोल्दिनुभयो, ”किन चिन्ता गर्नुहुन्छ ! काठमाडौँमा म अथाह पानी ल्याइदिन्छु।”

सिन्धुपाल्चोकको मेलम्चीको पानी काठमाण्डौ ल्याउने उहाँको कुरालाई कसैले पत्याएन। कसैले बूढाको ठट्टा गर्ने बानी भने । तर त्यसको सुरुवात विश्व बैँक लगायतका संस्थाहरूले उनले बोलेको अर्को वर्षदेखि नै मेलम्चीको अध्ययन शुरु गरेर काठमाण्डौमा १०बर्ष भित्र पानी झार्ने कार्ययोजना बजेटको ऋणदाता समेत बन्ने भए।

मेलम्ची नेपालको आफ्नै गोलमालदेखि विभिन्न खेलले २४ बर्ष सम्म ढिलाइ भयो, तर दूर दृष्टि भएका नेताले देखेको सपना कम्तिमा ढिलै भए पनि साकार हुने स्थितिमा छ। त्यसैगरी पहिलो पटक प्रधानमन्त्री हुनुभएका ओलीले नेपालको जहाज नेपालको झन्डा राखेर समुन्द्रमा चल्ने दिन आउँछ भन्दा मजाले खिसिट्युरी भयो।

खैर १ डेढ़ वर्षमै तैँले पानीजहाज चलाउनुपर्दछ दुईचार दिनमै पूर्व पश्चिम रेल कुद्नुपर्छ भनेर अत्तो थाप्ने जमात पनि हाम्रो देशमा नभएका होइनन्, तथापि प्रधानमन्त्री ओलीले आफूले बोलेका धेरै कुराहरूको जग भने बसालिसकेका छन्।

यी हुन् प्रम ओलीले समृद्ध नेपालको लागि छोटो अवधिमा बसालेका जगहरुः

१ः चीनसँगको पारवहन सन्धि, बिकाससँगको कनेक्टिभिटी मुलुकको लागि महत्वपूर्ण कोशेढुङ्गा हो।

२ः पूर्व पश्चिम विद्युतीय रेल मार्गको डीपीआर तयार हुनु पनि यति छोटो समयमा ठूलो छलाङ नै हो। काठमांडू निजगढ फास्ट ट्रयाकले गति लिनु, चाइना नेपाल रेलमार्ग र भारत नेपाल रेलमार्गको बहस र सम्भाव्यता अध्ययन शुरु हुनुलाई ओलीकै सकृयता हैन र?

३ः देशभरिमा २ वर्षभित्र ४०० भन्दा बढि तुइन बिस्थापित हुनु र नयाँ युगको आभास दिलाउन सक्नु पनि एउटा क्रान्ति नै हो।

४ः शुरु गरेको निश्चित समयमै भैरहवा र पोखरास्थित अन्तराष्ट्रिय हवाइ मैदान तयार हुन गई अन्तिम अवस्थामा पुग्नु र यहि अवधिमा आधा दर्जन नयाँ ठाउँमा डोमेस्टिक एअरपोर्टको सुरुवात सन्चालन र ६२ वर्षदेखि पुनर्निर्माण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्ट रातारात बनाइनु पनि कम्तिको बिषय होइन।

५ः इन्धन अन्वेषणको लागि यति बेला नेपालको दैलेखदेखि विभिन्न जिल्लामा करिब एक दर्जन स्थानमा चाइनिज र जर्मन टोलीहरुले जमिन प्वाल पारेर धमाधम हेरिरहेका छन्। यहि बिचमा पाल्पामा फलाम खानी भेटिईसकेको छ भने अन्य खनिजजन्य बस्तुहरुको अन्वेषणले अब केहि हुन्छ भन्ने शुरूवात देखाइरहेका छन्।

६ः  सम्झौता गरेको १५ महिनामा ९० किमि लामो ग्याँस पाइप निर्माण भै अबको १ महिना भित्रै पाइपलाइनबाट नेपालमा डिजेल पेट्रोल आउने भएको छ भने यहि हप्तादेखि भारतबाट ग्याँस पाइपको पनि सम्भाव्यता अध्यन शुरु हुँदैछ। यो चानचुने काम होईन।

७ः कोशी नदीमा सुनसरीदेखि भोजपुरको ७ घन्टाको लामो यात्रा जलमार्ग मार्फत २ घन्टामा सिमित पार्न यहि ३र४ महिनामा सम्पन्न हुदैछ भने नारायणघाटस्थित नारायणी नदीमा आगामी ३र४ महिना भित्र फेरी चल्दैछ।

८ः पोखरा,मुस्ताङ र दाङको स्वर्गद्वारीसम्म लामो दूरीका केबुलकार पनि शुरु हुन तयारी भैरहेको गफ र उखान टुक्का हैन।

९ः बिगत ७० बर्षमा ८००० किलोमिटर कालोपत्रे भएको बाटो गएको १५ महिनामा ९४५ किमि थप भएको छ भने यो वर्ष मात्र ३४९ वटा नयाँ पुल बनेका छन्।आगामी वर्ष यो भन्दा दोब्बर पुल र दोब्बर कालोपत्रे हुँदै छ।

१०ः यहि बिचमा २४ वर्ष देखि भारतले बनाउँछु भनिरहेको तर नबनाएको काभ्रेको पुलिस एकेडमी ओलीकै सकृयतापछि बन्दै छ। त्यसैगरी अत्याधुनिक राष्ट्रपति भवन बन्दैछ।चीनले बनाइदिएको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हल भाडा लिएर प्रयोग भै रहेको संसदको अब २ वर्षभित्र आफ्नै भवन हुँदैछ।

११ः सांसदको लागि आवास भवन, मन्त्रीको लागि सुबिधा सम्पन्न भवन लगायत भूकम्पले भत्काएका धरहरा लगायत सयौँ प्रतिष्ठान पनि यहि बिचमा तयारी हुँदैछन्।

१२ः  स्थानीय निकायमा बिगतमा भन्दा ७ प्रतिशत बजेट बढाएर दिइएको छ। यहि बिचमा प्रदेश सरकारको लागि भौतिक संरचनादेखि अन्य बिकास निर्माणको लागि मध्मयस्तरका योजनाको लागि प्रत्येक प्रदेशमा १ खरब भन्दा बढि रकम पठाइएको छ।

१३ः  शिक्षामा बिगतभन्दा धेरै रकम वृद्धि भएको छ । सामुदायिक बिद्यालयलाई बढि जिम्मेवार बनाउन रकम वृद्धि गरिएको छ। सरकारी सेवामा रहेका कर्मचारी शिक्षकका छोरा छोरी नीजिमा पढाउन नपाउने नीति बनेको छ, गरिब दलित पिछडिएको बर्ग र दूरदराजका बच्चाहरुको लागि सबै शिक्षा निस्शुल्क भएको छ। बिगतका कुन सरकारले यति काम गरेका थिए?

१४ः प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा बापत बार्षिक २५००र(भुक्तानी गरेपछि एक लाख भन्दा बढिको खर्च इन्स्योरेन्सले ब्यहोर्ने ब्यबस्था भएको छ।

१५ः जुम्लामा हस्पिटल र मेडिकल कलेजको तयारी भैरहेको छ ।प्रत्येक प्रदेशमा एक एक सरकारी मेडिकल कलेज र स्थानीय निकायमा ५० शैयाको अस्पताल यहि बर्षबाट शुरु हुदैछ।

१६ः  सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि बृद्ध,अपाङ्ग,एकल महिला, बालबालिका र सुत्केरी महिलाको लागि रकमको ब्यबस्था भएको छ।

१७ः युवाको लागि प्रत्येक निर्वाचन क्षेत्रमा खेलकूद मैदानको ब्यवस्था गर्न लागिएको छ। बेरोजगार युवाहरुको लागि बार्षिक ५० दिनको काम वा त्यति नै दिनको रोजगार बराबरको रकम दिन शुरु भएको छ।

१८ः खाद्यान्न उत्पादन बढाउन खेत वारी बाँझो नराख्ने नीति राज्यले लिएको छ। किसानलाई मल,बीउर औषधि लगायतको ब्यवस्था फलफूल तरकारीको बिक्री बितरणको लागि देशभरि एकै चोटी १४ वटा ठूला क्षमताका स्टोरेज र बजार बनाउदै छ। बाख्रा खसी उत्पादन गर्नेलाई जति मूल्यमा त्यो बिक्री हुन्छ त्यहि बराबरको रकम किसानलाई राज्यले थप प्रोत्साहन दिदैछ।

१९ः देशको प्रमुख दुश्मन भ्रष्टाचार हो यसको जरा हरेकको घर घरसम्म जोडिएको छ । सिस्टममा हिड्न सबैलाई धौ धौ लाग्छ। यो बर्षमात्र भ्रष्टाचारीहरु बिगतमा भन्दा ६०० गुणा बढि रङ्गेहात पक्रिएका छन्।

घुसखोरी ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य राज्यले मात्र चाहेर हुन्न, जनताको जागरण पनि अझ बढि आवश्यकता हुन्छ। सबैले सबैतिरबाट लाग्ने हो भने मात्र हामीले चाहे जस्तो गर्न सक्दछौ।

आखिर गाउँदेखि शहरसम्म गरीबदेखि राष्ट्रपति भवनसम्म तुईनदेखि पाइपलाइन र एअरपोर्टहरु बनाउन, स्थानीय निकायमा रकम बढाउनेदेखि प्रदेशलाई टन्न बजेट दिन एकै चोटी यत्रो रकम कहाँबाट आयो? अझ कम्युनिस्ट सरकार भएकोले बिदेशीले आर्थिक सहयोग गरेका छैनन् भन्ने पनि हल्ला छ।

हल्ला गर्नेले जे सुकै गरून् सरकारको राम्रो काम भयो भने हामी सकिन्छौँ भनेर बिकास हुन नदिने तत्वहरु पनि छन्। अबको ५(७ बर्षमा मुलुकले अवष्य काँचुली फेर्छ नै ।डाहले मर्नेहरु गर्दै गरून् हामीलाई चौतर्फी बिकास चाहिएको छ।

अन्त्यमा
ओलीले समुन्द्रमा नेपाली झन्डा हालेको जहाज देख्ने रहर यो वर्ष कन्टेनरमा मात्र देखे पनि अबको केहि वर्षभित्र जहाज नै नेपालीको हुने सपना पूरा हुने देखिएको छ।

अब भन्नुस् ओली सरकारले गफ मात्रै गरेको छ? तथ्यमा बहस गरौँ, मिथ्या कुराको पर्दाफास हुदै जानेछ।

Maruti Cement