लेन मिच्ने ४३ हजार सवारी धनी कारबाहीमा

Prabhu Bank

काठमाडौं। लेन मिचेर सवारी साधन हाँक्ने ४३ हजार सवारी धनी कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले लेन मिचेर सवारी साधन चलाउने ४२ हजार ८२२ चालकलाई कारबाही गरेको हो।

Saftey Pads

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमान्ने सवारी धनीहरुलाई कारबाही गरेको हो।

आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारबाही गरिएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीनकुमार पौडेलले जानकारी दिए।

महाशाखाले सिसिटिभी, गोप्रो, क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारबाही गर्दै आएको छ। सिसिटिभीमा लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ।

अन्य सम्बन्धित समाचार:  महाकाली सिँचाइका प्रमुख विष्ट ११ लाख र युवतीसहित पक्राउ

कारबाहीमा परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन्।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।

Maruti Cement