मेस्सीलाई मोटो जरिवानासहित तीन महिना प्रतिबन्ध

Prabhu Bank

काठमाडौं। चर्चित फुटबल क्लब बार्सिलोनाका कप्तान तथा विश्व फुटबलका खेलाडी लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाइएको छ।

Saftey Pads

कोपा अमेरिकी फुटबलमा भ्रष्टाचार रहेको आरोप लगाएपछि मेस्सीलाई अमेरिकी दक्षिणी फुटबल महासङ्घले अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको हो।

३२ वर्षका अर्जेन्टिनी फरवार्ड मेस्सील तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भीर आरोप लगाएका थिए।

उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पदक लिनसमेत अस्वीकार गरेका थिए। महासङ्घले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ।

यद्धपी महासंघले गरेको निर्णयविरुद्ध मेसीलाई पुनरावलोकनका लागि ७ दिनको समय दिइएको छ। प्रतिबन्धसँगै मेसीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउने छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement