सुराकी नरोके ‘इन्काउन्टर’ गर्ने विप्लवको चेतावनी

Prabhu Bank

काठमाडौं।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको ‘जनअदालत’ले नेपाल प्रहरीका एक जना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ।

Saftey Pads

जनअदालत कैलालीले शनिबार विज्ञप्ति जारी गर्दै आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको ठहर्याउँदै नेपाल प्रहरीको सिआइबीमा कार्यरत कैलालीको वर्दगोरिया गाउँपालिकाका १ का भैरव कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो।

‘कुँवरकै सुराकीको आधारमा विभिन्न नेता, कार्यकर्तालाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ। हाम्रो लडाइँ सेना प्रहरीसँग होइन। सुराकी नगर्न आग्रह गर्दैछौँ। सुराकी कार्य जारी राखे कुनै पनि बेला जनताको सुरक्षा र नेता कार्यकर्ताको सुरक्षाका लागि इन्काउन्टर गर्न बाध्य हुनेछौँ।’ जनअदालत कैलालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

पक्राउ पुर्जी/चेतावनी पत्र

Maruti Cement