प्रहरी चौकीमा गोली चल्यो, ५ थुनुवाको मृत्यु

Prabhu Bank

काठमाडौं। मध्य मेक्सिकोको एक प्रहरी चौकीमा गोली चल्दा पाँच थुनुवाको ज्यान गएको छ।

Saftey Pads

अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चौकीमा रहेका पाँच थुनुवाको ज्यान गएको त्यहाँका प्रहरी अधिकारीहरुले बताएका छन्।

उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले सञ्चारमाध्यामहरुलाई  दिएका जानकारी अनुसार चलेको गोलीमा परी पाँच थुनुवाको ज्यान गएको हो।

उक्त प्रान्त मेक्सिकोको एक ठूलो औद्योगिक क्षेत्रमा पर्दछ। त्यहाँ कार निर्माणका ठूलो कारखानाहरू रहेका छन्। यस कारण पनि यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरू जाने गर्दछन्।

मेक्सिकोमा अवैध रुपमा लागू औषध ओसारपसार गर्ने विभिन्न आपराधिक समूहहरू विगतदेखि नै सक्रिय रही आएका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना भाइरसबाट विश्वमा १० लाखभन्दा बढीको मृत्यु (अपडेट)
Maruti Cement