टेक्सास एलपासोमा गोली चल्दा १९को मृत्यु, सयौँ घाइते 

Prabhu Bank

काठमाडौं। अमेरिकाको टेक्सास राज्यको एल पासोमा गोली चल्दा १९ जनाको ज्यान गएको छ।

Saftey Pads

शनिबार बिहान भएको उक्त घटनामा अन्य सैयौँ घाइते भएका छन्।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले २१ वर्षीय पर्सिस् प्याट्रिक कुरसेस र अर्का एकजनालाई नियन्त्रणमा लिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनाको परिणाम अझै नराम्रो आउन सक्ने उल्लेख गरेका छन्। साथै उनले आफ्नो गभर्नरलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।

टेक्सासका गभर्नर ग्रेट ओवाटले पनि आफू घटनास्थलतिर सोझिएको बताएका छन्।

यद्यपि, अझै घाइते र ज्यान गुमाउनेको सङ्ख्या यकिन हुने बाँकी छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा किंग्स ११ पञ्जाव विजयी, राहुलको शतक
Maruti Cement