भोजपुरमा वडाध्यक्षको निधन

भोजपुर । निमोनियाबाट पीडित भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ।

७२ वर्षीय वडा अध्यक्ष पाण्डेलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र्पुयाउनासाथ निधन भएको शनिबार साँझ निधन भएको हो।

उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको वडा सदस्य दिपक सुवेदीले बताए।

अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी परेको पारिवारिक स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  श्री स्वस्थानी व्रत सुरु