पारिवारिक भ्रमण सकाएर प्रचण्ड स्वदेश फिर्ता

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरीस्वदेश फर्किएका छन्।

Saftey Pads

साउन १४ गते मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिवार राति स्वदेश फर्किएका हुन्।

बिरामी पत्नी सीता दाहाल, छोरीहरु रेणु र गंगासँगै नाति नातिनी लिएर प्रचण्ड दुबई घुम्न गएका थिए।

दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु
Maruti Cement