जिल्ला समन्वय समिति ओखलढुङ्गा विरुद्ध प्रदेश सांसदको उजुरी

Prabhu Bank

ओखलढुङ्गा । प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध उजुरी दिएका छन्।

Saftey Pads

प्रदेश १ का अर्थ समितिका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।
सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुन्।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौं मूल्यको राहत सामग्री जिससले मनपरि ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको खड्काले बताए।

जिसस प्रमुख श्रेष्ठले आफू आवद्ध दल नेपाली कांग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौंको राहत सामग्री आफूखुसी वितरण गरेको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेका भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौं थान जाली र करीब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढङगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

उता जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले यो विषय ठूलो भएकाले छोटोमा भनेर नसकिने बताए।

Maruti Cement