डोटीमा जनावरलाई हानेको गोली लागेर एकको मृत्यु

Prabhu Bank

काठमाडौं । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

Saftey Pads

पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ स्थित तल्लो डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा आदर्श गाउँपालिका–५ बस्ने १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार गए राति करीब १०ः४५ बजे ५० वर्षीय जङ्गे भुलले जनावर धपाउनलाइ गोली हान्दा तपेशको टाउकोमा लागेको हो।

गोली प्रहार गर्ने जङ्गे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु
Maruti Cement