विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ

Prabhu Bank

काठमाण्डौ । नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन्।

Saftey Pads

घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई शनिबार साँझ पक्राउ गरिएको हो।

लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।

पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ
Maruti Cement