नेपाली सेनामा खुल्यो जागिर, माग्यो ५९३८ सेना

Prabhu Bank

काठमाडौं। नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ सेनाको लागि विज्ञापन खुला गरेको छ।

Saftey Pads

सेनाले रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरेको हो।

सेनाले जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, गाईघाट, ओखलढुंगा, झापा, ताप्लेजुङ, धनुषा, सिराहा, बारा, मकवानपुर, बैरेनी, चितवन, नुवाकोट, सिन्धुली, ललितपुर, सूर्यविनायक, चौतारा, पोखरा,तनहुँ, बाग्लुङ, रुपन्देही, नेपालगञ्ज, दाङ, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाची, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दीपायल, बैतडी, बझाङ, दार्चुला, कैलाली र कन्चनपुरका भर्ना केन्द्रबाट दरखास्त लिने छ।

नेपाली नागरिकले साउन १९ गतेदेखि भदौ १६ गतेसम्म नजिकका केन्द्रमा गएर आवेदन दिन सक्ने छन्।

सैन्य पदको लागि कक्षा ८ उत्तीर्ण गरेकाले पनि आवदेन दिन सक्ने छन्। सैन्य मेडिकल पदका लागि मेडिकल सम्बन्धि अध्ययन गरेको हुनु पर्नेछ। सेनाका अनुसार सिएमए, अनमी जस्तो कोर्स गरेको हुनु पर्नेछ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा

सैन्य मेडिकल, सिग्नल, ड्राइभरको लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ। त्यस्तै सबै ट्रेडका फलोवर्सको हकमा १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनु पर्नेछ।

Maruti Cement