तीन व्यापारीलाई धम्काएर ७५ लाख रुपैयाँ माग्ने पक्राउ

Prabhu Bank

काठमाडौं । ललितपुरका विभिन्न व्यापारीलाई फोन गरेर रकम माग गर्ने एक जना पक्राउ परेका छन्।

Saftey Pads

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २४ का उदय गिरीलाई नियन्त्रणमा लिएको हो।

ललितपुरका तीन जना व्यापारीलाई फोन मार्फत धम्की दिई पच्चिस पच्चिस लाख रुपैयाँ मागेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।

गिरीले भारतमा समेत पुगेर भारतीय नम्बरबाट फोन गरी रकम मागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गिरीले एक जना व्यापारीसित २५ लाख रुपैयाँ माग गरेका थिए। उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति भएको खुलेको एसपी ढकालले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Maruti Cement