तनहुँमा बस दुर्घटना, १३ यात्रु घाइते

Prabhu Bank

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।

Saftey Pads

आइतबार नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको हो।

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

उनका अनुसार घाइतेको अवस्था सामान्य छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  सस्तोमा डलर साटिदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गरेको आराेपमा पक्राउ
Maruti Cement