आजदेखि मनसुन सक्रिय, तीन दिन चट्याङसहित भारी वर्षाको सम्भावना

Prabhu Bank

काठमाण्डौ । आइतबारदेखि तीन दिन कतै हल्का तथा कतै मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
नेपालको दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने मौसम पूवर्मान महाशाखाले जनाएको छ।

Saftey Pads

आइतबार र सोमबार दिउँसो पनि खण्डित वर्षा (केही ठाउँमा हुने र केही ठाउँमा नहुने) हुनेछ। आइतबार बिहानदेखि देशका विभिन्न भागको मौसममा सामान्य बदली भइरहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आइतबार राति पूर्व ताथ मध्य पहाडी भूभागका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुने भएको छ। सोमबार राति भने पश्चिम पहाडी भूभागतिर बढी वर्षा हुने मौमविद् बासीले बताइन्।

अन्य सम्बन्धित समाचार:  दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

महाशाखाले आइतबार बिहान जारी गरेको सूचना अनुसार देशको केही स्थानमा मेघ गर्जनरचट्याङ पर्ने संभावना भएको तथा मध्य र पूर्वका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको संभावना रहेकाले सर्तकता अपनाउन् पर्नेछ।

बाढी पूर्वानुमान महाशाखाले पनि सूचना जारी गर्दै आइतबार र सोमबार सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने भएको छ।

Maruti Cement