सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउनुपर्छः अर्थमन्त्री

Prabhu Bank

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्।

Saftey Pads

आइतबारदेखि ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उनले देशको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने बताएका हुन्।

अर्थमन्त्री खतिवडाले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र देशको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको बताए।

उनले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट पारे। उनले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि बताएका छन्।

अन्य सम्बन्धित समाचार:  माछा मार्न गएका चार नेपाली भारतीयको कब्जामा
Maruti Cement