काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्।
आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै हिमानीले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न कोष स्थापना गरेको घोषणा गरेकी हुन्।
हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने जनाएकी छन्।
२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने बताईन्।
त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्। ५ सय प्रति छापिएको पुस्तक पत्रकार सम्मेलनमा उनले सार्वजनिक गरेकी हुन्।
पुस्तक बिक्री भएको प्राप्त रकम सामाजिक कार्यमा पीडितहरुलाई खर्च गरिने भएको छ।