तीनै तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने सरकार निर्णय

Prabhu Bank

काठमाडौं । सरकारले तीनै तहको उपनिर्वाचन सरकारले मंसिर १४ गते गर्ने निर्णय गरेको छ।

Saftey Pads

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।

निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो। तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको थियो।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप
Maruti Cement