निर्मला प्रकरणः घाईते भण्डारीलाई मासिक २५ हजार दिइने

Prabhu Bank

काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय माग्दा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

Saftey Pads

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आइतबार सुनाउँदै भण्डारीलाई राहत दिने निर्णय भएको जानकारी गराएका हुन्।

गत वर्ष साउनमा पन्तको बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए।

भण्डारीको अझै पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइराखेको छ।

अन्य सम्बन्धित समाचार:  बल प्रयोग गरी ट्रमा सेन्टर पुर्याइएका डा. केसी डिस्चार्ज
Maruti Cement