दोस्रो टि–ट्वान्टी खेलमा भारत र वेष्ट इन्डिज खेल्दै

Prabhu Bank

काठमाडौं । तीन टि–ट्वान्टी सिरिजमा १–० ले अग्रता लिएको भारत आज दोस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध खेल्दैछ।

Saftey Pads

ईसीसी एकदिवसीय विश्वकपमा सेमिफाइनलबाट बाहिरिएपछि भ्रमणमा निस्किएको भारत दोस्रो टि–ट्वान्टी खेलमा वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाली समयअनुसार खेल बेलुका सवा ८ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको पहिलो खेलमा भारत ४ विकेटले विजय भएको थियो।

भारतको जितमा नवदिप सैनीले उत्कृष्ट प्रदर्शन गरे। ९६ रनको सामान्य लक्ष्य भारतले १७ दशमलब २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो।

अन्य सम्बन्धित समाचार:  क्यानले तोक्यो क्रिकेट खेलाडीको पारिश्रमिक
Maruti Cement