कांग्रेस पहिलो पार्टी हुन्छः महामन्त्री

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

Saftey Pads

आइतवार दिउँसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु ध्वस्त पार्न सके पार्टी पहिलो बन्ने बताएका हुन्।

सङ्गठन अहिले राम्रो ढङ्गले चल्न नसकेको भन्दै उनले आगामी दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सङ्गठनलाई सुधार गर्न जरुरी रहेको बताएका हुन्।

पार्टीको गढ मानिने प्रदेश २ मै अहिले कांग्रेसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले कांग्रेसलाई सबैतिर ध्वस्त गराएको तर्क गरे।

अब एउटाले अर्कालाई दोष लगाउने भन्दा पनि पार्टीलाई बलियो बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री कोइरालाको जोड छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद् पुनर्गठनको तयारी : पहिला संघीय त्यसपछि प्रदेशमा

कोइरालाले आफू आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउन लाग्ने उद्घोष गरे। अबको डेढदेखि दुई वर्षमा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै त्यसको एक वर्षपछि हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सशक्त किसिमले अघि बढ्नुपर्ने कोइरालाको भनाई छ ।

Maruti Cement