तेस्रो ठूलो म्यानपावरमा विभागको अनुगमन

Prabhu Bank

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ।

Saftey Pads

आइतबार युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोलीले अनुगमन गरेको हो।

टोलीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको अवस्थामा रंगेहात फेला पारेको छ। क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग कम्पनीले १ लाख भन्दा बढी रकम मागेको थियो।

विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ। प्याराडाइज म्यानपावर कम्पनी गत वर्ष सबैभन्दा धेरै कामदार पठाउनेमा तेस्रो स्थानमा थियो।

यसले एक वर्षमै ३ हजार सय २७ कामदारलाई विदेश पठाएको थियो।

अन्य सम्बन्धित समाचार:  पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने
Maruti Cement