बकबक गरे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

Prabhu Bank

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निस्कासन गर्ने चेतावनी दिएका छन्।

Saftey Pads

आइतबार रामेछापमा विपी राजमार्ग र खाँडादेवी जोड्ने सुनकोशीको नदीमा बनेको पुल उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजामहाराजाका दास र दलालहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बकवास गर्न थालेको भन्दै उनीहरूलाई क्षणभरमै खरानी पार्ने चेतावनी दिएका हुन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएका हुन्, त्यसैले पूर्वराजाले बढी बकबक गरिरहे जनताले नागार्जुनबाट समेत निकाल्नेछन्।’ उनले भने।

त्यस्तै अध्यक्ष प्रचण्डले पूर्व राजासहित उनका समर्थकहरूलाई सच्चिनु पनि अनुरोध गरेका छन्। यदि नसच्चिए भविष्यमा हविगत नराम्रो हुने उनको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

पूर्वराजाका दासहरूले सरकार मात्र नभई शासन व्यवस्था नै फेर्ने अभिव्यक्ति दिएको भन्दै प्रचण्ड आक्रोशित बनेका थिए। उनले अहिलेको व्यवस्था जनताको त्याग र बलिदानले आएकाले यसको सम्मान गरी अघि बढ्नुको विकल्प नरहेको बताए।

 

Maruti Cement