नाग पञ्चमी: चट्याङ, सर्प, र अग्नीबाट सुरक्षित रहन पूजा

Prabhu Bank

काठमाडौं। आज श्रावण शुक्ल पञ्चमी। हरेक वर्ष यसै दिन परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घर नाग पञ्चमी मनाइन्छ।

Saftey Pads

यसरी नागको पूजा गर्नाले वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ।
नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहिआएको छ।

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नाग राजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाको लागि प्रसिद्ध मानिन्छ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Maruti Cement