पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु, दुई बेपत्ता

Prabhu Bank

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता भएका छन्।

Saftey Pads

आइतबार राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको हो।

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए।

पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ। डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति र्पुयाएको जनाइएको छ। पहिरोमा परी घाइते भएका ६ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन्।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement